हुवावेको अनर थ्रीसी स्मार्टफोनमा उपहार

Technology Khabar ३० श्रावण २०७१, शुक्रबार

हुवावेको अनर थ्रीसी स्मार्टफोनमा उपहार

काठमाडौं ।

काठमाडौं, ३० साउन  । हुवावेले भर्खरै नेपालमा भित्र्याएको हुवावेको अनर थ्रीसी स्मार्टफोन पक्का उपहारसहित बजारमा आएको छ । उक्त योजनाअन्तर्गत अनर थ्रीसीको खरीदकर्ताले विनविन कार्ड प्राप्त गर्ने बताइएको छ । उक्त कार्ड स्क्र्याच गरी हुवावेका एसेण्ड पी सिक्स, अनर थ्रीसी, वाई–५११, वाई–२२० स्मार्टफोन तथा ब्लूटुथ स्पिकर/यूएसबी डोङ्गल प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । बिहीवारदेखि शुरू भएको यो योजना भदौ १५ सम्म चल्नेछ ।

शक्तिशाली क्वाड–कोर १ दशमलव ६ गिगाहर्जको सीपीयू र २ दशमलव २ जीबीर्याम रहेको अनर थ्रीसी तीव्र गतिमा चल्छ र यसमा स्पष्ट दृश्यका लागि ५ इञ्चको आइपीएस एलसीडी एचडी स्क्रिन छ । यो स्मार्टफोनको पछाडितर्फको ८ मेगापिक्सलको सोनी बीएसआई क्यामेरामा रहेको ब्लू ग्लास फिल्टर र भ्वाइस फोटोग्राफजस्तो अद्भूत विशेषता यसमा छ ।

यसको अर्को रोचक विशेषता भनेको अगाडितर्फको ५ मेगापिक्सलको क्यामेरामा रहेको अटो फेस इनर्यासमेण्ट र प्यानोर्यामिक सेल्फी हो, जसले प्रयोगकर्तालाईअझ ठूलो, स्पष्ट र रमाइलो ब्याक ग्राउण्डमा आफ्नै फोटो खिच्न सहयोग गर्छ । अनर थ्रीसीमा रहेको २३०० ब्याट्रीले यस्तै रेञ्जका अन्य स्मार्टफोनभन्दा ३० प्रतिशत बढी पावर प्रदान गर्ने कम्पनीको दाबी छ ।

दुईओटा सिम प्रयोग गर्न मिल्ने यो मोबाइलमा डीटीएस अडियो साउण्ड, अरूभन्दा उत्कृष्ट नेटवर्क सिग्नलका लागि थ्रीडी बी हाइयर सेन्सिटिभिटी समावेश छन् । हुवावेको उत्पादन र सोलुशन्स १ सय ४० भन्दा बढी देशमा उपलब्ध छन् ।

हुवावे अनर थ्रीसी

– क्वाड–कोर १.६ गिगाहर्ज

– एन्ड्रोइड ४.४.२ किटक्याट

– ५ इन्च एचडी डिस्प्ले

– २ जिबी र्याम

– ८ मेगापिक्सेल क्यामेरा (पछाडि)

५ मेगापिक्सेल क्यामेरा (अगाडि)

– २३०० एमएच ब्याट्री

easy care

प्रकाशित: ३० श्रावण २०७१, शुक्रबार