क्यानको २०७१मा हुने सबै कार्यक्रमको प्रायोजकमा सुबिसु

Technology Khabar ३० श्रावण २०७१, शुक्रबार

क्यानको २०७१मा हुने सबै कार्यक्रमको प्रायोजकमा सुबिसु

काठमाडौं ।

काठमाडौं, ३० साउन । कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)ले २०७१सालमा आयोजना गर्ने क्यान सफ्टेक २०१४, क्यान ईन्फोटेक २०१५ र क्यान आईसीटीकन्फरेन्स २०१५ को शीर्ष प्रायोजक सुविसु केवलनेट प्रालि हुने भएको छ ।

सूचना प्रविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुविसु केवल नेटशीर्ष प्रायोजक बन्न पुगेको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यीतीन ओटै कार्यक्रमको एसोसिएसट स्पोन्सर भने नियोटेरिक नेपाल रहने क्यानलेजानकारी दिएको छ । अफिसियल बैङ्क भने सिद्धार्थ बैङ्क रहनेछ ।

आगामी भदौ २६ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान सफ्टेक हुँदैछ । त्यस्तै आगामी माघ १४ देखि १९ गतेसम्म क्यान इन्फोटेक र माघ १८ देखि १९ गतेसम्म आईसीटी कन्फरेन्स आयोजना गरिने क्यानले जानकारी दिएको छ । सूचना प्रविधिको विकासमा क्यानले प्रत्येक बर्ष यस किसिमका कार्यक्रमहरूआयोजना गर्दै आएको छ ।

easy care

प्रकाशित: ३० श्रावण २०७१, शुक्रबार