Technology Khabar २९ श्रावण २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, २९ साउन । काठमाडौंको मुटु सुन्धारास्थित सिटिसी मल (सिभिल ट्रेड सेन्टर)मा नेपालकै पहिलो व्यबस्थित मोबाइल बजार संचालन हुने भएको छ । मलको चौथो तल्ला र पाँचौं तल्लामा १ सय भन्दा बढि मोबाइलका ब्राण्डेड पसल तथा बिभिन्न कम्पनीका शोरुम र केयर सेन्टर खुल्ने भएको छ ।
नेपालकै भव्य, व्यबस्थित र आधुनिक यस मोबाईल मार्केटको संचालन र तयारीको बारेमा आज सिटिसी मलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईयो । पत्रकार सम्मेलनमा मार्केटको हालको तयारी, व्यवस्थापनको प्रकृया, भावी योजना र संचालनमा आउने समयको बारेमा कम्पनिका संचालकहरु तथा सिभिल ग्रुपका अध्यक्षसहित व्यवसायीहरुले जानकारी दिए । दक्ष व्यवसायीहरुको ब्यबस्थापनमा संचालन हुने यस मोबाइल बजारका सबै पसल तथा केयर सेन्टरहरु निर्माणको अन्तिम चरणमा रहेका छन् ।
निकै वर्ष लामो अनुभव बटुलेका मोबाइल व्यवसायीहरुको समूहले संचालन गर्ने न्यू मोबाइल मार्केटका अध्यक्ष पुरुषोत्तम बस्नेतले हालसम्म सबै पसलहरुको निर्माण पुरा भएको र सामान्य सजावटको काम मात्रै बाँकि भएको जानकारी दिए । उनले भने, ‘हामी तयारी अवस्थामा छौं र केहि प्राविधिक कामहरु सम्पन भएपछि न्यू मोबाईल मार्केट भदौ १२ गतेदेखि शुभारम्भ गर्नेछौं ।’ मार्केटले नेपाली नारीहरुको महान चाड तिजको अवसर पारेर मार्केटको शुभारम्भका साथै विभिन्न ग्राण्ड ओपनिङ प्रबद्र्धनात्मक एक्स्पो पनि आयोजना गर्ने भएको छ ।
काठमाडौंको मुख्य शहरी इलाका तथा बजारक्षेत्रमा रहेको यस मलमा कुनै पनि मोबाइल ग्राहकले आफ्नो मन परेको मोबाइल तथा एशेसरीज् सहज र सुविधाजनक ढंगले खरिद गर्नसक्ने अध्यक्ष बस्नेतले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै सिभिल ग्रुपका अध्यक्ष तथा संविधान सभाका सभासद इच्छाराज तामाङले मोबाइल मार्केटले ग्राहकहरुलाई एकैस्थानमा विभिन्न ब्राण्डका मोबाइल खरिद गर्ने अवसर प्रदान गरेको बताए ।
‘एकैस्थानमा विभिन्न पसलहरु तथा मोबाइल ब्राण्डको बारेमा जानकारी लिन सकिने हुँदा समय र पैसाको बचत हुनेछ ।’ उनले भने, ‘मलको तर्फबाट पनि मोबाइल किनन आउने ग्राहकहरुलाई हरेक प्रकारको सुविधा उपलब्ध गराउने हाम्रो प्रयास रहेको छ ।’ मोबाइल मार्केट अहिलेसम्म ९० प्रतिशत सफल भईसकेको भन्दै व्यवसायीको माग बमोजिम व्यवस्थापनको तर्फबाट सक्दो सहयोग गर्ने जानकारी दिए ।
त्यसैगरी सामसुङ मोबाइलका नेपालका लागि आधिकारीक बितरक आइएमएसका प्रेसिडेन्ट दिपक मलहोत्राले सामसुङ कम्पनिले न्यू मोबाइल मार्केटमा आफ्नो आधिकारीक सर्भिस सेन्टर स्थापना गर्ने र ग्राहकहरुलाई सेवा प्रदान गर्ने बताए । उनले अहिलेको न्यूरोडको मोबाइल बजार साँघुरो भएको र दोस्रो र व्यवस्थित मोबाइल मार्केट आवश्यक भएको बेला न्यू मोबाइल मार्केट संचालनहुनु सह्रानिय काम भएको बताए । उनले भने, ‘हाल नेपालको बजारमा ५ लाख मोबाइल सेट बिक्री भइरहेको छ र बढ्दो बजारको लागि नयाँ मार्केट आवश्यक छ ।’
ग्राण्ड ओपनिङको अवसर पारेर मोबाइल मार्केटले भदौ १२ गतेदेखि २१ गतेसम्म प्रबद्र्धनात्मक एक्सपो पनि आयोजना गर्न लागेको छ । उक्त एक्सपोको अवधिभर मोबाईल खरिदमा प्रत्येक दिन एउटा ३० हजार रुपैंया बराबरको मोबाइल सेट र बम्पर उपहारमा ८० हजार रुपैंया बराबरको मोबाइल सेट एक जनालाई प्रदान गरिने छ ।
त्यसैगरी ग्राण्ड ओपनिङ एक्सपोको अवसर पारेर हरेक ब्राण्डको नयाँ मोबाइल खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको विशेष छुट पनि दिइने मार्केटका अध्यक्ष बस्नेतले जानकारी दिए ।
यस मोबाईल मार्केटमा २४ सै घण्टा बिजुली, पार्किङ तथा सुरक्षाको ब्यबस्था मिलाइएको छ भने मोबाइल बजारमा आउने ग्राहकहरुले निशुल्क वाइफाइमार्फत इन्टरनेट प्रयोग गर्न पाउनेछन् । मोबाइल खरिदका लागि आउने ग्राहकको लागि पार्किङको प्रशस्त सुबिधा दिईएको छ भने मोबाइल खरिद गरेको खण्डमा कुनै पार्किङ शुल्क नलाग्ने ब्यबस्था मिलाईएको छ । विभिन्न मल तथा सपिङ सेन्टरहरुमा अझैपनि ग्राहकहरुसँग पाकिङको शुल्क उठाउने गरेको अवस्थामा त्यस्तो अनावश्यक खर्चबाट उपभोक्तालाई राहत हुने कम्पनिको ठहर छ ।
नेपालको हालसम्मकै भव्य, व्यबस्थित र आधुनिक मोबाइल बजारको रुपमा संचालन हुन लागेको यस मार्केटमा गुणस्तरिय मोबाइल मात्र बिक्री गर्ने योजना रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । उनले भने, ‘ग्रे च्यानलबाट आयात गरिएका तथा भन्सार नतिरी भित्रीएका मोबाइल सेटहरुको बिक्रीलाई निरुत्साहित गरिनेछ ।’
मोबाइल बजारमा सामसुङ, हुवावे, सोनी, नोकिया, एलजी, कलर्स, कार्बन, बिक्यु, लेनेभो, सेलकोन, आइफोन, स्पाइस, डिटिसी, इन्टेक्स, एचटिसी, लाभा, जोलो, रेज, माइक्रोम्याक्स, फ्लाइ र वीनकम लगायतका कम्पनीबाट उत्पादित मोबाइल सेटहरु बिक्री बितरण हुने कम्पनीले जनाएको छ । जसअन्तरगत विभिन्न कम्पनिहरुले यस मार्केटमा संचालन हुने पसलहरुको लागि ब्राण्डिङ र नयाँ मोडलहरु सार्वजनिक पनि गर्नेछन् । यस मार्केटमा बजेट फोन, फिचर फोन, स्मार्टफोनका साथै विभिन्न किसिमका ग्याजेट्स र मोबाइल एशेसरीज्, ट्याबलेट, ल्यापटप, फ्याबलेटलगायतका सामाग्रीहरु पनि बिक्री गरिनेछ ।
हरेक वर्गका ग्राहकहरुको आवश्यकता र मागलाई ध्यानमा राखेर यस मार्केटमा विभिन्न किसिमका मोबाइल सेटहरु बिक्रीका लागि राखिने कम्पनि संचालकहरुको भनाई छ । सस्तोदेखि महंगो सम्मका विभिन्न ब्राण्डका उच्चस्तरीय मोबाइल सेट मात्र बिक्री गरिने यस मोबाइल मार्केटमा एक्सचेन्जको ब्यबस्था पनि गरिने छ ।
कम्पनिबाट वारेन्टी दिईएका र स्तरिय कम्पनीबाट उत्पादित मोबाइल सेट मात्र बिक्री हुने र बिक्री भएका हरेक मोबाइलमा १ बर्ष वारेन्टी दिने ब्यबस्था गरिनेछ । त्यसैगरी मर्मत तथा खरिदमा दैनिक ५ हजार भन्दा बढि उपभोक्ताले दैनिक एकै पटक सुबिधा लिनसक्ने ब्यबस्था गरिएको छ ।
प्रकाशित: २९ श्रावण २०७१, बिहीबार