माइक्रोम्याक्सको हेक्साकोर प्रोशेसरयुक्त स्मार्टफोन बजारमा

Technology Khabar २७ श्रावण २०७१, मंगलवार

माइक्रोम्याक्सको हेक्साकोर प्रोशेसरयुक्त स्मार्टफोन बजारमा
Global IME Bank

काठमाडौं ।

काठमाडौँ, २७ साउन । नेपाली फोन व्यवसायमा आफुलाई अग्रस्थानमा राख्न सफल माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ स्मार्टफोन माइक्रोम्याक्स क्यानभास एचडी प्लस ए १९० उपलब्ध गराएको छ जसमा १.५ गिगाहर्जको हेक्साकोर प्रोसेसर रहेको छ ।

माइक्रोम्याक्स क्यानभास एचडी प्लस ए १९० मा शक्तिशाली हेक्साकोर प्रोशेसरका साथै एन्ड्रोइड ४.४ किटक्याट रहेको छ जसले गर्दा फोनमा हुने दिनदिनैका काम गर्न र सबै प्रकारका मल्टिमिडिया चलाउन निकै सरल हुनेछ । यसका साथै माइक्रोम्याक्स क्यानभास एचडी प्लस ए १९० मा ५ इन्चको स्क्रिन रहेको छ जसले फोनको अनुभवलाई अझ भावमय बनाउने बताईएको छ । यी सुविधाहरुका साथै फोनमा लेड फ्लाशसहितको आठ मेगापिक्सेलको प्राइमरी क्यामरा र २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यस फोनबाट भर्टिकल र होरिजन्टल प्यानोरामा पनि खिच्न सकिन्छ कम्पनिको दाबी छ ।

MMX_A190_HD Plus1

माइक्रोम्याक्स क्यानभास एचडी प्लस ए १९० मा १ जीबीको र्याम र ८ जीबीको रोम पनि रहेको छ । यस स्मार्टफोनमा ३२ जीबीसम्म लाग्न मिल्ने मेमोरी छ र यी सबै सुविधाहरु सरलताका साथ चलाउन २००० एमएएचको ब्याट्री प्रयोग गर्ने कम्पनिले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २७ श्रावण २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार