Technology Khabar २७ श्रावण २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, २७ साउन । नेपालभर मोबाइल वेब सेवाहरु बृद्धि गर्ने लक्ष्य सहित नेपालमापहिलोपटक ओपेरा सफ्टवेयरले नेपालको अग्रणी टेलिकम सेवा प्रदायक एनसेलसँग सहकार्य गरेको छ । यस सहकार्यसँगै एनसेलले अब आफ्ना १ करोड १० लाखभन्दा बढी ग्राहकहरुलाई ओपेरा मिनि वेब ब्राउजरको को–ब्राण्डेड भर्सन उपलब्ध गराउन सक्ने बताईएको छ ।
ओपेरा मिनिमा युनिक डाटा–सेभिंगप्रविधि छ जसले वेब पेजहरुलाई ९० प्रतिशतसम्म सानो बनाइ टेलिकम सेवाप्रदायकलाई एकदमै सहजताको साथ मोबाइल वेबको अनुभवप्रदान गर्न सक्ने कम्पनिको भनाई छ । साथै, यसको मद्दतबाट अब सेवा प्रदायकलाई नयाँप्रयोगकर्ताहरु थपिए पनि नेटवर्कमा हुने भिडको चिन्तालाई मुक्त गर्दै डाटा ट्राफिकलाई बढाउन सक्नेछ । ओपेरा मिनिले सबै मोबाइल प्लाटफर्महरु जस्तै जाभा, एण्ड्रोइड र आइओएस गरी ३००० भन्दा बढी फोनहरुमा काम गर्दछ । ओपेरा मिनिको को–ब्राण्डेड भर्सनले ओपेरा मिनिका प्रयोगकर्ताहरुसँग अनुकूलित र कुनै बाधा बिना कनेक्ट गराउनेछ । साथै,सेवा प्रदायकले सहजताका साथ आफ्नो ब्राण्ड र सेवाहरुलाई प्रयोगकर्ता अनुभवको एउटा अंगकोरुपमा प्रवद्र्धन गर्न सक्नुहुने एनसेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
“मोबाइल प्रयोगकर्ताहरुको व्यवहार अहिले भ्वाइस र एसएमएसबाट विस्तारै डाटा प्रयोगसम्म पुगेको छ । ……ओपेरा मिनिको विश्वासिलो प्रविधिले गर्दा हामीलाई विश्वास छ हामीले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट मोबाइल ब्राउजिंग अनुभव प्रदानगर्न सक्षम हुनेछौं,” एनसेलकी कर्पाेरेट कम्यूनिकेसन निर्देशक संजु कोइरालाले भनिन् ।
स्मार्टफोन तथा सामाजिक सञ्जालहरुको बढ्दो लोकप्रियता सँगै नेपालमा मोबाइल इन्टरनेटको बजार पनि बढ्दै गइरहेको छ । ओपेराको तथ्यांक अनुसार, नेपालभर स्मार्टफोनमा ओपेरा मिनि प्रयोग गर्नेहरुको संख्या गत वर्षको तुलनामा २१८ प्रतिशतले बढेको छ । साथै, नेपालमा अहिले एण्ड्रोइड फोनहरुको प्रयोगकर्ता तीन गुणाभन्दा बढीले बढ्दै छन् भनेयो क्रम अझै जारी छ ।
“नेपालमा इन्टरनेट प्रयोगकर्ताहरु मध्ये ९५ प्रतिशतले मोबाइल फोनबाट नै इन्टरनेट प्रयोग गर्छन् भने त्यसमा पनि एनसेल नेटवर्कबाट इन्टरनेट चलाउनेको संख्या बढी छ । यो सहकार्य महत्वपूर्ण छ किनकि यसबाट हामीले एनसेलका प्रयोकर्तासँग सिधै पुग्न सकेका छौं । हामीलाई विश्वास छ सबैलाई अझ बढी अनलाइन ब्राउज गरिरहन प्रेरित गर्न ओपेरा मिनि एकदमै महत्वपूर्ण हुनेछ,” साउथ एसियाको लागि ओपेरा सफ्टवेयरका उप–निर्देशक सुनिल कामथले भने ।
प्रकाशित: २७ श्रावण २०७१, मंगलवार