जीमेल तथा याहूमा एकाउण्ट खोल्न फोन नम्बर चाहिने

Technology Khabar २६ श्रावण २०७१, सोमबार

जीमेल तथा याहूमा एकाउण्ट खोल्न फोन नम्बर चाहिने

काठमाडौं ।

काठमाडौं, २६ साउन । विश्वका सबैभन्दा लोकप्रिय ईमेल सेवा प्रदायक जीमेल र याहूले नयाँ ईमेल खोल्नका लागि टेलिफोन नम्बर अनिवार्य राख्नुै पर्ने व्यवस्था शुरु गरेको छ ।
ईमेल प्रदायकहरुले स्पाम सन्देश रोक्ने प्रयासका लागि यो कदम उठाएको बताएका छन्। अब नयाँ ईमेल आईडी बनाउने इच्छुक प्रयोगकर्ताले टेलिफोन नम्बर राख्नुठ पर्ने हुन्छ जुन जीमेल र याहूद्वारा प्रमाणीकरणको लागि प्रयोग गर्ने बताइएको छ ।

जीमेल वेबसाइटले भनेको छकि फोन नम्बर माग्नुको उद्देश्य स्पाम ईमेल पठाउनेहरुलाई रोक्नु हो। वेबसाइटमा भनिएको छ, “हाम्रा प्रयोगकर्ताहरुलाई झन्झटबाट बचाउने प्रयासमा, हामी धेरै चोटी आफ्नो प्रयोगकर्ताहरुलाई एकाउण्ट खोल्नु भन्दा अगाडि यो साबित गर्ने भन्थ्यो कि उ रोबट होइन भनेर । अव यो नयाँ प्रकृयाले फोनको माध्यामबाट यो अतिरिक्त पुष्टि गर्ने उद्देश्य अनुरुम स्पाम सन्देश पठाउनेहरुलाई हाम्रो प्रणालीहरुको दुरूपयोग गर्न बाट रोक्नु हो।” एजेन्सी।

easy care

प्रकाशित: २६ श्रावण २०७१, सोमबार