टोयोटा इटियोस लिभा बजारमा

Technology Khabar २२ श्रावण २०७१, बिहीबार

टोयोटा इटियोस लिभा बजारमा

काठमाडौं ।

साउन २२, काठमाडौं (अस) । युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नेपाली बजारमा टोयोटा इटियोस लिभा भित्र्याएको छ । भोइथको तीनकुनेस्थित आफ्नै भवनमा आयोजित एक कार्यक्रममा भोइथका अध्यक्ष सुरजबैद्य, युनाइटेड ट्रेडर्स सिण्डिकेटकी प्रवन्ध निर्देशक रितु सिंह बैद्य तथा उपनिर्देशक कैलाश राजभण्डारीले संयुक्तरूपमा गाडी सार्वजनिक गरे ।

सोहीअवसरमा गाडी बुकिङ गर्ने आफ्ना पहिला तीन ग्राहकलाई कारको साँचो समेतहस्तान्तरण गरिएको थियो । लिभा कारको बजार मूल्य ३३ लाख ४५ हजार रुपैंया तोकिएको छ । गाडीसार्वजनिक गरिएको उपलक्षयमा सिमित अवधिका खरिदकर्ताले १ लाख ५० हजार सम्मकोनगद छुटको समेत ब्यवस्था गरिएको युनाइटेड ट्रेडर्स सिण्डिकेटका उपनिर्देशक कैलाश राजभण्डारीले जानकारी दिए ।

सार्वजनिक गरिएको लिभामा १हजार १ सय ९७ सीसीको बीएचपी १६ भल्भ सहितको पेट्रोल ईञ्जिनको प्रयोग गरिएकोछ । यसमा रहेको ५ स्पिड म्यानुअल गियर बक्सले ७८ दशमलव ९ बीएचपी र ५ हजार ६सय आरपीएमको शक्ति उत्पादन गराउने क्षमता राख्दछ । यसको अधिकतम टर्कक्षमता ३ हजार १ सय आरपीएममा १ सय ४ एनएम रहेको छ । नयाँ कारले शहरीक्षेत्रमा १५ दशमलव १ किलोमिटर प्रति लिटरको माईलेज दिन्छ । त्यसै गरी, राजमार्गमा भने यसले १७ दशमलव ७१ किलोमिटर प्रति लिटर माईलेज दिने कम्पनीकोभनाइ छ ।

जस्तो सुकैबाटोमा यात्रा गर्दापनि सहज तथा आरामदायी अनुभवदिने सोचका साथ कारको अघिल्लो भागमा मक्फेरसन स्ट्रट सस्पेन्सनको प्रयोगगरिएको छ । त्यसैगरी यसको पछिल्लो भागमा टोरसन विम सस्पेन्सन जडान गरिएको छ। यसमा १ सय ८५/६० अर १५ ट्युवलेस (रहित) टायर जडान गरिएको छ । यसले कारकाप्रयोगकर्तालाई बारम्बार टायर पञ्चर हुने समस्याबाट मुक्ति दिने कम्पनीकोभनाइ छ । कारमा प्रयोग गरिएको फराकिलो क्वाविनका कारण यसमा एकैपटक ५ जनालेआरमदायी यात्रा गर्न सक्छन् ।

कारमा४५ लिटर क्षमताको ईन्धन ट्याङ्कि र २ सय ५१ लिटरको सामग्री राख्न मिल्नेस्थान उपलब्ध रहेको छ । लामो यात्रा गर्ने चालक तथा पारिवारीक ब्यक्तिहरुमाझ यो ह्याचब्याक निकै लोकप्रिय रहेको कम्पनीले जानकारी दियो । कारमाएबीएस, इबीडी, एयरब्याग, ईम्प्याक्ट अब्जर्विङ बडी स्ट्रक्चर र ईञ्जिनईम्मोबलाइजर लगायत अत्याधुनिक सुरक्षा प्रणाली समेत जडान गरिएको कम्पनीको भनाई छ ।

easy care

प्रकाशित: २२ श्रावण २०७१, बिहीबार

ताजा समाचार