भारतीय बजारमा माइक्रोम्याक्स अग्रस्थानमा

Technology Khabar २२ श्रावण २०७१, बिहीबार

भारतीय बजारमा माइक्रोम्याक्स अग्रस्थानमा

काठमाडौं ।

नयाँ दिल्ली, २२ साउन । एजेन्सी । चालू अर्थिक वर्षको दोस्रो त्रैमासिकअवधिमा भारतमा हुने मोबाइल फोनको आपूर्तिमा माइक्रोम्याक्सले सामसुङलाई उछिन्दै भारतकै बढी बिक्री हुने मोबाइल फोन कम्पनीको रुपमा स्थापित भएको छ । माइक्रोम्याक्सले पहिलो त्रैमासिकमा रहेको १३ प्रतिशतको बजार हिस्सालाई पार गर्दै १७ प्रतिशत पुर्याएको काउन्टरपोइन्टले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । माइक्रोम्याक्सले साधारण फोनको बिक्रीमा नोकियालाईपनि उछिनेको छ ।

यद्यपि गत वर्ष भारतमा मोबाइल फोनको बजार २ प्रतिशतको झिनो अन्तरले मात्रैवृद्धि भएको छ । स्मार्टफोनको बिक्री भने ६८ प्रतिशतले वृद्धि भएको  काउन्टरपोइन्टको प्रतिवेदनले देखाएको छ ।

स्मार्टफोनको बिक्रीमा भएको वृद्धिमा विशेषगरी एसियाली ब्रान्डहरुले नेतृत्व गरेका छन् । मोबाइल फोनको कुल आपूर्तिको दुई तिहाई भन्दा बढीको हिस्सा भारतीय ब्रान्डहरुकै रहेको छ भने स्मार्टफोनमा  पनि आधा भन्दा बढी भारतीय ब्रान्डहरुकै रहेको छ । विश्वव्यापि रुपमा पनि माइक्रोम्याक्स शीर्ष १० कम्पनीमा पर्न सफल भएको छ । घरेलु बजारलाई नाघेर विश्वव्यापि रुपमा बिक्री गर्ने  भारतीय कम्पनीकोरुपमा माइक्रोम्याक्स मात्रै रहेको छ ।

अनुसन्धानले मोटोरोलाको भूमिका पनि आश्चर्यजनक रुपमा वृद्धि भएको उल्लेख गरेको छ । लेनोभो ग्रुपको अंशको रुपमा रहने यो ब्रान्ड शीर्ष ५ मोबाइल कम्पनीको रुपमा स्थापित भएको छ । भारतीय बजारमा यो कम्पनीले नोकिया, एप्पल, सोनी र अन्यलाई पनि पछाडि पारेको काउन्टरपोइन्टले जनाएको छ । अन्य एसियाली कम्पनीहरु जियाओमी, जिओनी, हुवावे र असुस पनि भारतीय बजारमा प्रवेश गरेकाले माइक्रोम्याक्सले यी कम्पनीहरुसँग कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने अवस्था देखिएको छ । मूल्य प्रति सचेत रहेका सहरी उपभोक्ता तथायुवा उपभोक्तामाझ यी कम्पनीहरुको आकर्षण बढ्दो रहेको छ ।

easy care

प्रकाशित: २२ श्रावण २०७१, बिहीबार