भिडियोकनका मोबाइलहरु नेपाली बजारमा

Technology Khabar २१ श्रावण २०७१, बुधबार

भिडियोकनका मोबाइलहरु नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, २१ साउन । भारतीय कम्पनी कन्जुमर इलेक्ट्रोनिक्सले उत्पादन गरेका भिडियोकनब्रान्डका मोबाइलहरु नेपाली बजारमा भित्रिएका छन् । वत्सल इम्पेक्स प्रालिले भिडियोकनका नयाँ मोबाइल नेपाली बजारमा भित्र्याएको हो । वत्सलले नै नेपालकोलागि भिडियोकनको आधिकारीक बिक्रेताका रुपमा व्यवसाय गर्दै आएको छ ।

वत्सल इम्पेक्स प्रालिले भि–स्टाईल मिनी मोबाइल नेपाली बजारमा ल्याएको हो । गुणस्तरीय र उत्कृष्ट भि–स्टाईल मिनीमा ५ दशमलव १ सेन्टी मिटरको स्क्रीन, १६ जिबीसम्मको मेमोरी लाग्ने, १ हजार एमएएच ब्याट्रीपावर, जिपीआरएस लगायतका थुप्रै आकर्षक सुविधाहरु रहेको कम्पनीले जनाएकोछ ।

Global Bank
easy care

प्रकाशित: २१ श्रावण २०७१, बुधबार