सुनकोशी पीडीतलाई तत्काल राहत दिन कलाकारको दवाव

Technology Khabar २० श्रावण २०७१, मंगलवार

सुनकोशी पीडीतलाई तत्काल राहत दिन कलाकारको दवाव

काठमाडौं ।

काठमाडौं, २० साउन । सिन्धुपाल्चोकको गएको भिषण पहिरोमा सरकारले वेवास्ता गरेको भन्दै तत्काल राहात दिन कलाकारहरुले दवाव दिएका छन् । साथै उनीहरुले सरकारको राहात कोषबाट रकम दुरुपयोग भएको भन्दै राहात दिने व्यक्ति वा संघसंस्थालाई घटनास्थलमै गएर राहत वितरण गर्न आग्रह गरे ।

मिडिया इन्टरनेसनलले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बरिष्ठ नाटककार मदनदास श्रेष्ठले हरेक ठाउँका विपत्तिमा नेपाली कलाकारहरुले साथ सहयोग गर्दै आएको बताउँदै सुनकोशीमा आएको पहिरो पिडीतले राहत नपाएकोमा दुख व्यक्त गरे । सरकारले यस्ता विपत्तिका घटनामा तदारुकता देखाउन नसक्नु दुखद भएको उनले बताए । कलाकारहरु सहयोग जुटाउन लागिपर्ने उनले बताए । उनले राज्यका तर्फबाट तत्काल उद्धार र सहयोग गर्नुपर्ने भन्दै दवावका लागि सबै समक्ष आग्रह पनि गरे ।

कार्यक्रममा बोल्दै बरिष्ठ गायिका कोमल ओलीले तत्काल सरकारले उचित राहतको व्यबस्था गर्नुपर्ने बताइन् । पिडितहरु राज्यतर्फ निकै आक्रोसित रहेका कारण त्यो आक्रोसले कुनै पनि बेला ठुलो रुप लिन सक्ने ओलीले चेतावनी दिइन् । लाखौ रकम दैविप्रकोप कोषमा थन्केर बस्दा समेत राज्यले ध्यान दिन नसकेकोमा दुव व्यक्त उनले गरीन् । राज्यले पिडितहरुलाई कुनै पनि साथ सहयोग नगरेको भन्दै उनले राज्य र राजनीतिक दलहरुले यस्ता पक्षलाई बढी ध्यान दिनुपर्ने बताईन् । उनले राहत कोषमा रकम जम्मा गर्नुभन्दा घटनास्थलमै गएर रकम हस्तान्तरण गर्न अनुरोध गरीन् ।

कार्यक्रममा बोल्दै बरिष्ठ हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले पिडितहरुलाई सरकारले कुनै पनि वास्ता नगर्दा कलाकारहरु बाध्य भएर दबाब दिनु पर्ने अबस्था आएको बताए । सिन्धुपाल्चोकको मांखामा अहिलेसम्म राहात पुराउन नसक्नु दुखद कुरा रहेको उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै बरिष्ठ संगीतकार चेतन सापकोटाले कलाकारहअरुले सडकमा चन्दा उठाएर घटनाका पीडीतलाई राहात उपलव्ध गराउने बताए । उनले यसरी उठाइएको रकम घटनास्थालमै गएर पीडीतलाई सहायता गर्ने बताए । राहात कोषमा राखेको रकम दुरुपयोग भएको उनले बताए ।

easy care

प्रकाशित: २० श्रावण २०७१, मंगलवार