स्पाइसको दुइ नयाँ फोन भारतीय बजारमा

Technology Khabar २० श्रावण २०७१, मंगलवार

स्पाइसको दुइ नयाँ फोन भारतीय बजारमा

काठमाडौं ।

काठमाडौं, २० साउन । एजेन्सी । स्पाइस रिटेलले पछिल्लो साता भारतमा दुईवटा नयाँ हेडसेट सार्वजनिक गरेको छ । कम्पनिले स्टेलर ५२० र स्टेलर ५२६ सार्वजनिक गरेको हो । कम्पनीले फेरी दुईवटा नयाँ फोन सार्वजनिक गरेको छ ।

यसअन्तरगत स्पाइस स्मार्ट फ्लो एमआई ३५९ र स्पाइस स्टेलर ४५१ थ्रीजी रहेको छ । यसमा पहिलो फोन निकै सस्तो रहेको छ जुन २ हजार ८ सय ९९ भारतीय रुपैंयामा उपलब्ध रहेको छ । स्टेलर ४५१ थ्रीजीको मूल्य भने ५ हजार ४९९ भारतीय रुपैंया तोकिएको छ । यी दुबै फोन एन्ड्रोइड ४.४मा आधारित छन् ।

स्मार्ट फ्लो एमआई ३५९ इन्ट्रि तहको फोन हो जसको स्क्रीन ३.५ इन्चको छ । यसमा २जी एज सपोर्ट राखिएको छ साथै २ मेगा पिक्सेलको क्यामेरा रहेको छ । यसका साथै यसमा एलइडी फ्ल्याश पनि छ । फ्रन्टमा १.३ मेगापिक्सेलको क्यामेरा रहेको छ ।

स्टेलर ४५१ थ्रीजीमा ४.५ इन्चको FWVGA स्क्रीन छ । यसका साथै एसमा थ्रीजी कनेक्टिविटी पनि छ । यसको रियर क्यामेरा ३.२ मेगापिक्सेलको रहेको छ जसमा एलईडी फ्लाश पनि राखिएको छ । यसमा पनि फ्रन्टमा १.३ मेगापिक्सेलको क्यामेरा छ । यि दुवै डुअल सिम मोबाइल फोन हुन् ।

स्मार्ट फ्लो Mi-359
* स्क्रीन-3.5 इंच (480×320 पिक्सेल) टच
* प्रोसेसर-1.3 जीएचजेड डुअल कोर प्रोसेसर
* सिम-डुअल सिम
* क्यामेरा-2एमपी रियर, एलईडी फ्ल्याश, 1.3 एमपी फ्रंट
*  मोटाई-12 मिमी
* अडियो-3.5 मिमी अडियो ज्याक, एफएम रेडियो
* अन्य फीचर-2जी, वाई-फाई 802, ब्लूटूथ
* र्याम-256 जीबी र्याम, 512 इंटरनल स्टोरेज
* ब्याट्री-1400 एमएएच
* मूल्य-2899 भारतिय रुपैंया

स्टेलर 451 3G
* स्क्रीन-4.5 इंच (854×480 पिक्सल)
* प्रोसेसर-1.3जीएचजेड क्वॉड कोर प्रोसेसर
* अपरेटिंग सिस्टम-ऐंड्रोयड-किटक्याट
* मोटाई-9.7मिमी तथा 156 ग्राम तैल
* क्यामरा-3.2 रियर क्यामरा एलईडी फ्ल्याशको साथ, 2एमपी फ्रंट
* अडियो-3.5 मिमी अडियो ज्याक, एफएम रेडियो
* र्याम-512 र्याम, 4जीबी इंटरनल स्टोरेज
* अन्य फीचर-वाई-फाई, ब्लूटुथ, जीपीएस
* ब्याट्री-1450 एमएएच
* रंग-व्हाइट तथा ग्रे
* मूल्य-5,499 भारतिय रुपैंया

Global Bank
easy care

प्रकाशित: २० श्रावण २०७१, मंगलवार

ताजा समाचार