Technology Khabar २० श्रावण २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, २० साउन । विदेशी कम्पनि ओप्पोले छिटै नै एक यस्तो स्मार्टफोन ल्याउन लागेको छ जसको क्यामेरा निकै शक्तिशाली रहेको छ । यो हो ओप्पोको मिनी एन वन जसमा २४ मेगापिक्सेलको अल्ट्रा हाई डेफिनिशन (HD) क्यामेरा छ ।
ओप्पो मिनी एन वन आकारमा सानो छ र यो उसको सबैभन्दा लोकप्रिय स्मार्टफोन ओप्पो एन वनको उत्कृष्ट मोडल हो । यसको सबैभन्दा मुख्य विशेषता यो छ की यसको क्यामेरा १३ मेगापिक्सेलको रोटेटिंग छ तर अल्ट्रा हाई डेफिनिशन मोडमा २४ मेगापिक्सेलको गुणस्तरको तस्विर खिच्न सक्दछ । यसको टचस्क्रीन ५ इन्चको छ ।
यो १.३ जीएचजेड क्वालकाम स्न्यापड्रागन ४०० क्वाड कोर प्रोसेसरयुक्त रहेको बताईएको छ । यो एन्ड्रोइडमा आधारित छ जसमा २ जीबीको र्याम रहेको छ ।
यसको मोटाई ९.२ मिलिमिटर छ तथा यसको वजन १ सय ५० ग्राम रहेको बताईएको छ । यसको क्यामेरामा सोनीको आईएमएक्स २१४ सेंसर रहेको छ । यो रोटेटिंग क्यामेरा हो र यसमा एलईडी फ्लाश पनि रहेको छ । यो क्यामेरा १०८० पी वीडियो ३० फ्रेम प्रति सेकेण्डको गतिले संचालन हुनसक्दछ । यो स्मार्टफोनको मूल्यको बारेमा अझै अनुमान मात्र लगाईएको छ र यसको मूल्य ४५ हजार नेपाली रुपैंया को आसपासमा हुने अनुमान छ । भारतमा यो माेवाइल छिटै अाउने बताइएको छ ।
प्रकाशित: २० श्रावण २०७१, मंगलवार