सामसुङ ‘ग्रान्ड-२’ मा क्यासब्याक अफर

Technology Khabar २० श्रावण २०७१, मंगलवार

सामसुङ ‘ग्रान्ड-२’ मा क्यासब्याक अफर

काठमाडौं ।

काठमाडौं, २० साउन। नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएसले ग्यालेक्सी ग्रान्ड टु स्मार्टफोनमा क्यासब्याक अफर ल्याएको छ ।यस अफर अन्तर्गत ग्रान्ड टु खरिद गरेका ग्राहकहरुले १० देखि शत् प्रतिशतसम्म क्यास ब्याक पाउनेछन् ।

कम्पनीले लक्की ड्र गरेर बिजेता चयन गर्ने जनाएको छ । लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरुले नाम, मोबाइल नम्बर, ठेगाना, आइएमइआइ नम्बर, स्क्यान कपी, फोटो [email protected] मा इमेल गरेर पठाउनुपर्ने हुन्छ ।

योजना अगस्त ३ तारिखदेखि २ अक्टोबरसम्म चल्ने कम्पनीले जनाएको छ । कम्पनीले टेलिभिजन कार्यक्रममा लक्की ड्र गरिभाग्यशाली विजेता छनौट गर्नेछ ।

Sajilo Visa

प्रकाशित: २० श्रावण २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार