भारतसँग सहकार्य गरि अघि बढ्न अर्थविद्हरुको सुझाव

Technology Khabar १९ श्रावण २०७१, सोमबार

भारतसँग सहकार्य गरि अघि बढ्न अर्थविद्हरुको सुझाव

काठमाडौं ।

काठमाडौ, १९ साउन । ऊर्जा विकासबाट मात्रै मुलुकको आर्थिक समृद्धि हुने भन्दै अर्थविद् तथा उद्यमीहरुले भारतसँगको सहकार्य गरि अघि बढ्नुपर्ने सुझाव दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि भारतसँगको सम्बन्धका बारेमा सोमवार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै वक्ताहरुले भारतसँगको सहकार्य र ऊर्जा विकासबाट मात्रै मुलुकको विकास सम्भव भएको बताए ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार तथा अर्थविद् डा.चिरञ्जीवी नेपालले ऊर्जा विकास गरि मुलुकलाई आर्थिक समृद्धि तर्फ लैजान नसकिए नयाँ पुस्ताले धिक्कार्ने बताए । ऊर्जा खपत गर्न भारत तयार भएकोले विजुली उत्पादन गर्ने तर्फ लाग्नुपर्ने अर्थविद् नेपालको भनाई थियो ।

भारतीय प्रधानमन्त्री मोदीले एक खर्बको सफ्ट लोन दिने र ऊर्जाको लागि सहकार्य गर्न गरेको प्रस्तावले नै मुलुकमा लगानीको खाँचो नहुने कुरा प्रष्ट भएको उनको टिप्पणी थियो । मोदी भ्रमणपछि पनि नेपाललाई पुरानै दृष्टिकोणले हेर्न नहुने अर्थविद् नेपालको भनाई थियो ।

यस्तै, पूर्व प्रशासक कृष्णहरि बाँस्कोटाले पनि ऊर्जा विकासले मात्रै मुलुक समृद्ध हुने बताए । नेपाललाई उद्योगगिकरण तर्फ लैजाने हो भने भारतीय कम्पनीहरुलाई नेपाल भित्र्याउनै पर्नेमा उनले जोड दिए ।

भारतीय प्रधानमन्त्री मोदीले पनि नेपालको धार्मिक पर्यटनमा जोड दिएकोले एक सय २५ करोड भारतीय नागरिक मध्ये ८ प्रतिशत मध्यमस्तरका भएकाले उनीहरुलाई नेपालको धार्मिक पर्यटनतर्फ आकर्षण गर्न सक्नुपर्ने उल्लेख गरे । धार्मिक पर्यटकलाई वेवास्ता गर्नु तथा गोरो छाला भएकोलाई मात्रै पर्यटक देख्नु नै हाम्रो कमजोरी भएको बास्कोटाको जिकिर थियो ।

यसैगरि महिला उद्यमी तथा सभासद् छाँया शर्माले सकारात्मक सोचका साथ अगाडी बढेमा मात्रै मुलुक समृद्ध हुने बताइन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई मोदीले आफ्नो भाषणमा बारम्बार जोडदिनु सकारात्मक भएको उद्यमी शर्माले बताईन् । शस्त्र छाडेर शास्त्रका अनुसार संविधान लेख्नको लागि भारतीय प्रधानमन्त्रीले आफूहरुलाई प्रेरणा दिएको बताइन् ।

Sajilo Visa

प्रकाशित: १९ श्रावण २०७१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार