‘ट्याब ३ टी १११’ खरिद गर्दा पाँच हजार क्यास ब्याक अफर

Technology Khabar १८ श्रावण २०७१, आईतवार

‘ट्याब ३ टी १११’ खरिद गर्दा पाँच हजार क्यास ब्याक अफर

काठमाडौं ।

काठमाडौं, ११ साउन। सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले पुनः क्यास ब्याक योजनासहित ग्राहकसामु प्रस्तुत भएको छ । यस योजनामा सामसुङ ग्यालेक्सी ट्याब टी १११ खरिद गर्दा ५ हजार रुपैयाँ क्यासब्याक पाइने छ ।

कम्पनीले पाँच हजार क्यास ब्याक दिएपछि २६हजार ९ सय रुपैयाँ पर्ने ट्याब अब २१ हजार ९ सयमै पाइने भएको छ । यो योजनासाउन ३१ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

सामसङका ट्याबहरुमध्ये सबैभन्दा किफायतीमानिएको ग्यालेक्सी ट्याब टि १११ ७ इन्च ठूलो स्क्रिन, १.२ गीगाहर्जप्रोसेसर, १ जीबी र्‍याम, एन्ड्रोइड ४.२.२ जेलिबीन अपरेटिङ सिष्टम रहेको छ ।यसमा ब्लुटुथ, वाइफाइ, ३६०० एएमएचको ब्याट्रि लगायतका सुविधाहरु रहेका छन्।

easy care

प्रकाशित: १८ श्रावण २०७१, आईतवार