सामसुङ ‘ग्रान्ड टु’ थप दुई कलरमा

Technology Khabar १८ श्रावण २०७१, आईतवार

सामसुङ ‘ग्रान्ड टु’ थप दुई कलरमा
Classic Tech

काठमाडौं, १८ साउन। सामसुङ ग्यालेक्सी ‘ग्रान्ड टु’ थप दुई कलरमा नेपाली बजारमा भित्रिएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेताआइएमएसले इलेक्टि्रक ब्लू र कपर गोल्ड कलरमा पनि ‘ग्रान्ड टु’ बजारमाल्याएको हो ।

नेपाली बजारमा ‘ग्रान्ड टु’ को मूल्य ३० हजार ९ सय रुपैयाँ रहेको छ । योस्मार्टफोन सामसुङको मध्यम स्तरको स्मार्टफोन हो । यसमा २ वटा सिम प्रयोगगर्न सकिन्छ ।

१.२ गीगाहर्ज प्रोसेसर, एन्ड्रोइड जेलिबिन अपरेटिङ सिष्टम, १.५ जीबी र्‍याम लगायतका फिचरहरु ग्रान्ड टुमा रहेका छन् ।

ग्रान्ड टु पछाडी ८ मेगापिक्सेल क्यामेरा रहेको छ भने अगाडी १.९मेगापिक्सेल क्यामेरा रहेको छ । जसले गर्दा उच्च गुणस्तरको फोटो खिच्नसकिने कम्पनीले बताएको छ ।

प्रकाशित: १८ श्रावण २०७१, आईतवार

Comments are closed.

Loading...