Technology Khabar १८ श्रावण २०७१, आईतवार
काठमाडौं ।
काठमाडौं, १८ साउन । आगामी महिना एप्पलले आइफोन सिक्स सार्वजनिक गर्ने भनिए पनि आइफोनको यो नयाँ संस्करण किन्न चाहने ग्राहकले सेप्टेम्बरको मध्यसम्म प्रतिक्षा गर्नुपर्ने भएको छ। स्रोतहरुकाअनुसार आइफोनको यो नयाँ संस्करण आइओएस एट अपरेटिङ सिस्टम रहनेछ।
संसारमै अत्याधिक बिक्री हुने गरेको एप्पलको यो स्मार्टफोनको नयाँ संस्करणको बारेमा आधिकारिक रुपमा विशेषताहरु बाहिर आएका छैनन्। यद्यपी यसको विकासमा संलग्न विकासकर्ता र निकटस्थहरुले जानकारी चुहाइरहेको एजेन्सीहरुले जनाएकाछन्। एप्पलले सेप्टेम्बरको मध्यतिर नयाँ अपरेटिङ सिस्टम आइओएस एट रहेकोआइफोनको नयाँ संस्करण बजारमा सार्वजनिक गर्ने स्रोतहरुले उल्लेख गरेका छन्। एप्पलले यसअघि नै आइफोन र आइप्याडका लागि नयाँ अपरेटिङ सिस्टम आइओएस एटको विभिन्न बिटा संस्करण सार्वजनिक गरिसकेको छ। गत साता मात्र आइओएस एटको चौथोबिटा संस्करण ल्याइसकेको छ। अगस्टमा यसको पाँचौं र छैठौं बिटा संस्करण विकासकर्ताहरुलाई परीक्षणका लागि दिएपटि अन्तिम परिमार्जन गरी सेप्टेम्बरको तेस्रो सातामा अर्को आइफोन संस्करण र आइओएस एट सार्वजनिक हुने स्रोतहरुले उल्लेख गरेका छन्।
एप्पलको केही उत्पादनमा समस्या आएकाले सार्वजनिक हुने मिति सर्न सक्ने पनि सञ्चारमाध्यमहरुले जनाएका छन्। यसअघि आइफोन सिक्स दुई मोडलमा उपलब्ध हुने भएकाले पनि सार्वजनिक हुन ढिलो हुने रअर्को वर्षसम्म पुग्न सक्ने बताइएको थियो। एप्पल निकट स्रोतका अनुसार आइफोन सिक्स ४.७ इन्च र ५.५ इन्चको स्त्रि्कन आकार गरी दुई आकारमा सार्वजनिक गरिनेछ। त्यस्तै अवको आइफोनमा नकोरिने र नफुट्ने सफायर क्रिस्टल प्रयोग गरिने पनि सञ्चारमाध्यमहरुले एप्पलनिकट स्रोतको जानकारी उल्लेख गरेका छन्।एप्पलले हालसम्म ठूलो आकारको स्मार्टफोन उत्पादन नगरेकाले ५.५ इन्चको स्क्रिन आकार भएको आइफोनको उत्पादनमा ढिलाइ भइरहेको छ। ४.७ इन्चको स्क्रिन भएको आइफोनको भने हाल परीक्षण र उत्पादनको क्रम जारी रहेको छ।
सेप्टेम्बरमा नयाँ आइफोन सार्वजनिक गर्नुअघि नै एप्पलले आइओएस एटको अन्तिम संस्करण पुरा गर्न हतार गरिरहेको छ।यो अपरेटिङ सिस्टम नयाँ आइफोनमा लोड गर्ने एप्पलको योजना रहेकोले पनिहार्डवेयर र सफ्टवेयरको सँगसँगै विकास भइरहेको छ। एप्पलले पछिल्ला केहीवर्षहरुमा हरेक वर्ष नयाँ साधनसँगै नयाँ अपरेटिङ सिस्टम पनि सार्वजनिकगर्ने रणनीति अपनाइरहेको थियो। गत वर्ष सेप्टेम्बरमा पनि आइफोन फाइभ एस रफाइभ सी सार्वजनिक गर्ने बेलामा आइओएस सेभेन अपरेटिङ सिस्टम सार्वजनिकगरेको थियो।
आइओएस एटमा केही नयाँ विशेषताहरु थपिएको एप्पलको आधिकारिक वेवसाइटले जनाएको छ। तत्काल प्राप्त जानकारीलाई जवाफदिनका लागि छिटो र छोटो उपायसँगै महत्वपूर्ण इमेलका लागि जानकारी दिनेव्यवस्था गरिएको छ। त्यस्तै, इमेललाई थप व्यवस्थित गर्ने सुविधाहरु नयाँ संस्करणमा रहेका छन्। ‘टाइमल्याप्स’ को रुपमा भिडियो खिच्न सकिने र फोटोतथा भिडियोलाई थप व्यवस्थित बनाउन सकिने विशेषता यो नयाँ अपरेटिङ सिस्टममारहेको छ। त्यसबाहेक, स्वास्थ्यसँग सम्वन्धित केही नयाँ विशेषताहरु पनिआइओएस एटमा आउने एप्पलले जनाएको छ। नयाँ आइओएसको सबैभन्दा रोचक विशेषता भने ‘कन्टिन्युटी’ रहेको छ। नयाँ अपरेटिङ सिस्टमको प्रयोग गरी एप्पलको आइफोन, आइप्याड र म्याकबुक प्रयोग गर्ने प्रयोगकर्ताले एक अर्को साधनमा रहेकाइमेल, एसएमएसलगायतलाई जुनसुकै साधनमा हेर्न सक्नेछन्। त्यसैगरी, आइफोनमाआएको टेलिफोन कललाई आइप्याड वा म्याकबुकमार्फत पनि रिसिभ गर्न सक्नेछन् भने एसएमएसलाई पनि रिप्लाई गर्न सक्नेछन्। एजेन्सी/(नागरिकबाट साभार)
प्रकाशित: १८ श्रावण २०७१, आईतवार