गुगलको अनाैठो एप

Technology Khabar १८ श्रावण २०७१, आईतवार

गुगलको अनाैठो एप

काठमाडौं ।

लन्डन, १३ असार । सर्च इन्जिन गुगलले आफ्नो ‘गुगल ग्लास’लाई बेलायतमा भविष्यको डिभाइसको रूपमा ल्याउन लागेको छ । करिब २ वर्षअघि गुगलले यसको झलक पहिलोपटक विश्व समुदायमाझ सार्वजनिक गरेको थियो । 

गुगल ग्लासका लागि सफ्टवेयर विकसित गर्ने डेभलपरहरूलाई एपको व्यापक विकास गर्न पर्याप्त अवसर उपलब्ध गराए पनि हालसम्म यसका केही दर्जन एप बनाउन उनीहरूलाई सफलता प्राप्त भएको छ । गुगल ग्लासमा एप भएमात्र पनि यो किन्न उपभोक्ताको रूचि विस्तार हुने विश्लेषकको बुझाइ छ ।

विश्लेषकले यसलाई व्यावसायिक उत्पादन भन्न नसकिने बताइरहँदा यसका विकासकर्ताहरूले यसलाई विभिन्न किसिमले उपयोग गर्ने गरिएको दाबी गरेका छन् ।

जर्जियाको एक प्राविधिक विश्वविद्यालयका विद्यार्थीहरूले बनाएको एपले कुराकानीलाई बुझ्न सक्ने बताएका छन् । यसलाई क्लिक गरेपछि स्क्रिन क्यासन्समा परिवर्तन हुनेछ । गुगल ग्लासमा कुराकानी गरौं भन्ने टेक्स्टको रूपमा देखा पर्छ । गुगल ग्लास लगाउने उपयोगकर्ताले यसलाई पढ्न पाउनेछन् । साथै ती विद्यार्थीहरूले अनुवाद गर्न सक्ने क्षमताको एपको रूपमा विकास गरिरहेका छन् ।

उत्तर अमेरिकाको क्यारोलिना प्रान्तमा दमकल विभागमा कार्यरत प्याट्रिक ज्याक्सनका अनुसार यो गुगल ग्लास लगाउँदै आगलागी भएको भवनमा प्रवेश गर्दा भवनको पहिलो तला, त्यसको पूरा नक्शाजस्ता संरचना देखा पर्छ, जसले उनलाई आगो निभाउन यसले सघाउने गरेको पाइएको छ । यस्तै म्युचुअल लिंक नामको कम्पनीले विकास गरिरहेको एपले डाक्टरलाई दुर्घटना स्थलमा पुग्दा घाइते बिरामीको पुरानो सम्पूर्ण शारीरिक जानकारी उपलब्ध गराउँछ, जसले डाक्टरलाई उपचार गर्न सजिलो हुनेछ । त्यस्तै प्रहरीले गुगल ग्लासको उपयोग गरी क्यामराको फुटेजलगायत जानकारी प्राप्त गर्न सक्छ ।

रियालिटी एप रेस योरसेल्फको उद्देश्य दौडलाई रूचिपूर्ण बनाउनु हो । गुगल ग्लासमा दौडका पुराना घडीको जानकारी दिएर उपयोगकर्ताको दौडको प्रगतिबारे जानकारी दिन्छ । यतिमात्रै होइन, गुगल ग्लासले कला संस्कृतिबारे पनि जानकारी उपलब्ध गराउँछ । यसबाट कला–संस्कृतिप्रति रूचि बढ्छ । रियालिटी एप गुइडिगोमा कलाकृतिहरू, वास्तुकला एवं ऐतिहासिक स्थलहरूका बारेमा जानकारी उपलब्ध छ । गुगल ग्लास लगाएका व्यक्तिले भिडियोमा हेर्ने, कमेन्ट्री सुन्ने र क्यानभासलाई जुम गरी हेर्न पाउने सुविधा छ ।

यस्तै एयर ग्लास फर विकिपिडियाजस्ता रियालिटी एपले उपभोक्ताका वरिपरि रहेको वातावरणका बारेमा जानकारी उपलब्ध गराउँछ । अनलाइन डेटा निस्किने बित्तिकै त्यसलाई डिस्प्ले गर्न सुरू गरिन्छ । स्मरण दुरूस्त पार्ने एपले फेसबुक, ट्विटर र लिंक्डइनजस्ता अनलाइन स्रोतबाट जानकारी उपलब्ध गराई तपाईंको स्मरणलाई ताजा पार्ने काम गरिरहन्छ । यसमा व्यक्तिको शिक्षा, मनपर्ने फिल्म तथा बिदामा खिचिएका फोटाहरू सामेल हुन्छन् । यसका साथै गुगलले हालै तयार पारेको वर्ड लेन्स ग्लास क्यामराको सहयोगबाट प्रिन्टेड टेक्स्टको अनुवाद गर्छ । आकाशका मनोरम दृश्यसम्बन्धी एप गुगलको सबैभन्दा नयाँ मानिएको छ । यो नयाँ एप बेलायती डेभलपरले विकास गरेको एप हो । यसलाई स्टार चार्ट गुगलको रूपमा चिनिएको छ । गुगलको ग्लासवेयर स्टोरमा यो सबैभन्दा नयाँ छ ।

यसले जीपीएसका साथै कम्पास, गायरोस्कोप, एक्सिलोमिटर र  भोबाइस एक्टिवेसन टुल्ससँग मिलेर आकाशको मनोरम दृश्य उपयोगकर्ताका आँखाअगाडि प्रस्तुत गर्छ । गुगल ग्लासले आकाशमा रहेका तारामण्डल र ग्रहहरूका बारेमा उपयोगकर्तालाई जानकारी दिन्छ । (एजेन्सीहरु)/कारोबारबाट

easy care

प्रकाशित: १८ श्रावण २०७१, आईतवार