सुनकोसी बाढी–प्रभावितलाई एनसेलको सहयोग

Technology Khabar १८ श्रावण २०७१, आईतवार

सुनकोसी बाढी–प्रभावितलाई एनसेलको सहयोग

काठमाडौं ।

काठमाडौं, १८ साउन। एनसेलले सुनकोसीको बाढीले प्रभावित दोलालघाट, बाहृविसे, खाँडिचौर, सुकुटे तथा लामोसाँगु क्षेत्रका ग्राहकलाई आपतकालीन सञ्चारमा सहयोगपुर्याउन रु १०० वोनस प्रदान गरेको छ ।

एनसेलको प्राकृतिक विपत्तिमा तत्काल सञ्चार राहतप्रदान गर्ने प्रयास अन्तर्गत प्रभावित क्षेत्रका आफ्ना ग्राहकलाई उक्तवोनस प्रदान गरेको हो । यो प्रयासले एनसेलका ग्राहकलाई उद्धार समूहसँग तथापरिवारसँग सम्पर्क गर्न सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ । यस्ताआपतकालीन सञ्चारले क्षति तथा पिडा न्यूनिकरण गर्न योगदान पुर्याउने विश्वासपनि कम्पनीको छ ।

“यस दुःखद घडीमा हामी यहाँको साथमा छौं । आपतकालीन परिस्थितिमा सञ्चारकोभूमिका झनै महत्वपूर्ण हुने हुँदा हाम्रा ग्राहकले अत्यावश्यक सेवा प्रदायकतथा परिवारजनसँग रिचार्ज कार्डको चिन्ता नलिई कुरा गर्न सकुन् भनेर रु १००वोनस व्यालेन्स प्रदान गरेका छौं,” एनसेलकी कर्पोरेट कम्यूनिकेशन्सनिर्देशक सञ्जु कोइरालाले बताइन् ।

उक्त वोनस एनसेलको कुनै पनि नम्बरमा फोन गर्न प्रयोग गर्न सकिने र वोनसको अवधि एक हप्ता रहने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १८ श्रावण २०७१, आईतवार