बिक्यू मोबाइल अब किटक्याट अपरेटिङ सिस्टममा

Technology Khabar १८ श्रावण २०७१, आईतवार

बिक्यू मोबाइल अब किटक्याट अपरेटिङ सिस्टममा

काठमाडौं ।

काठमाडौं, ११ साउन । होराइजन इन्टरप्राइजेजले किटक्याट अपरेटिङ सिस्टममा चल्ने एस ३७ मोडल बजारमा ल्याएको छ । बेला इन्टरनेशनलले बजारमा बिक्री बितरण गर्ने बि क्यु मोबाइलका मोडलहरु मध्ये स्मार्टफोन एस ३७ यस अघि एन्ड्रोइड्र जेलिबिन अपरेटिङ सिस्टममा चल्ने गरेको थियो तर नेपाली मोबाइलका उपभोक्तालाई ध्यान दिएर किटक्याट अपरेटिङ सिस्टममा परिबर्तन गरि बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

हङकङ, भारत, अफ्रिका र नेपालबाट बिक्री सुरु गरेको बिक्युले यो किटक्याट भर्सन ल्याएको हो । कम्पनीले नेपालमा कारोबार सुरु गरेको छोटो समयमानै ५ हजार भन्दा बढि एस ३७ मोडलको सस्तो थ्रीजी स्मार्टफोन बिक्री गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक बिशाल आचार्यले जानकारी दिए ।

यस अघि बिक्युको एस ३७ खरिद गरेको उपभोक्तालाई कम्पनीले निशुल्क अपरेटिङ सिस्टम किटक्याट राखिदिने भएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टमको पछिल्लो भर्सन किटक्याट हो । नेपालमा उपलब्ध किटक्याट अपरेटिङ सिस्टम भएका थ्रीजी स्मार्टफोनहरुमा बिक्युको एस ३७ सबैभन्दा सस्तो भएको कम्पनीको दाबी छ ।

आउँदो आर्थिक बर्षमा ३० हजार भन्दा बढि एस ३७ मोडलको स्मार्टफोन बिक्रि गर्ने लक्ष कम्पनीले राखेको उक्त सेटको मुल्य ६ हजार ८ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो फोन ३.५ इन्च डिस्प्ले, थ्रिजी नेटवर्क,डयुअल सिम, १.२ गिगाहर्ज डुवल कोर प्रोसेसर, दुइवटा क्यामेरा,वाइफाइ,फ्लास लाइट रहेको छ भने यो फोनमा किटक्याट अपरेटिङ सिस्टम रहेको छ ।

easy care

प्रकाशित: १८ श्रावण २०७१, आईतवार