टेलिकम र सामसुङ मोबाइलको बण्डलिङसहितको सेवा

Technology Khabar १८ श्रावण २०७१, आईतवार

टेलिकम र सामसुङ मोबाइलको बण्डलिङसहितको सेवा

काठमाडौं ।

काठमाडौं, ७ साउन । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र सामसुङको नेपालका लागि अधिकृत विक्रेता इन्टरनेशनल मार्केटिङ सर्विसेज प्रा. लि. (आइएमएस) ले नेपाली मोबाइल टेलिफोन उपभोक्ताकालागि संयुक्त रुपमा विशेष योजना ल्याएका छन् ।

योजना अन्तर्गत आइएमएसद्वारा वितरित सामसुङ ब्राण्डका ५ प्रकारका मोबाइल सेट मध्ये कुनै एक सेटको साथमा नेपाल टेलिकमको सिम कार्डको खरिदमा ग्राहकले मोबाइल सेटमा १० प्रतिशत नगद छुट प्राप्त गर्नेछन् भने नेपाल टेलिकमले उक्त सिम कार्ड तथा मोबाइल सेटको खरीदकर्तालाई मोबाइल सेटको मुल्यको १५ प्रतिशत बराबरसम्मको टक टाइम अथवा डाटा सित्तैमा उपलब्ध गराउनेछ । यसरी प्राप्त हुने सेवा ग्राहकले ६ महिनाका लागि प्रत्येक महिना बराबर किस्ताको रुपमा प्राप्त गर्नेछन् ।
यो सेवा आइएमएसका एक्सक्लुसिभ ब्राण्ड पसल तथा नेपाल टेलिकमको छानिएका विक्रि केन्द्र मार्फत उपलब्ध हुनेछ । यस योजना अन्तर्गत सामसुङ मोबाइल सेटका सामसुङ गुरु र सामसुङ लकोटा मोडलका खरिदकर्तालाई नेपाल टेलिकमले भ्वाइस सेवामा छुट दिनेछ भने सामसुङ टे«न्ड, सामसुङ कोर, ग्यालेक्सी एस थ्र्रि ब्राण्डका मोबाइल सेटमा इन्टरनेट डाटा उपलब्ध गराउनेछ ।

आइतवार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै आइएमएसका अध्यक्ष दिपक मलहोत्राले अहिलेको भन्दा २५ प्रतिशत सेवा सस्तो हुने दाबी गरे । उनले निकट भविश्यमा एयर टाइम चार्ज वा किस्तामा पनि मोबाईल उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए ।

त्यसैगरि टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले अन्य कम्पनिहरुसँग पनि बण्डलिङ गर्ने प्रयासमा रहेको बताए । आगामी दिनमा टेलिकमका पुराना ग्राहकहरुलाई पनि थप सुविधा दिने गृहकार्य भइरहेको उनले जानकारी दिए ।

तोकिएका मोबाईल सेटहरु खरिद गर्दा रु. २०० को सीम कार्ड तथा रु. १०० बराबरको टकटाईम पनि निःशुल्क पाउने छन् ।

यस योजना अन्तर्गत खरिद गरिएका मोबाइल सेटमा कम्पनीको तर्फबाट उपलब्ध एक बर्षको वारेन्टी उपलब्ध हुनेछ भने एसोसेरिजमा पनि ६ महिनाको वारेन्टी उपलब्ध हुने बताईएको छ । कम्पनीले खरिद पछिको समस्यालाई ध्यानमा राखी योजना अन्तर्गतका मोबाइल सेटमा देखा पर्ने कुनै समस्या समाधानकालागि सामसुङको आधिकारिक सर्भिस सेन्टरबाट बिक्रि पछिको सेवा पनि दिने भएको छ । ग्राहकको सुरक्षालाई ध्यानमा राखी योजना अन्तर्गत उपलब्ध सम्पूर्ण मोबाइल सेटमा ओभर भोल्टेज, सर्ट सर्किट तथा  ओभरलोड तथा इनपुट रिभर्स जस्ता समस्याबाट सुरक्षित रहने कम्पनिको दाबी छ ।

आइएमएस र नेपाल टेलिकम विच सम्पन्न यस साझेदारी तिन बर्षसम्मको लागि कायम रहनेछ । यस दौरानमा सामसुङले यस योजना अन्तर्गत वितरित कुनै मोडलको उत्पादन तथा वितरण बन्द गरेमा वा त्यस मोडलको स्तरोन्नति गरेमा त्यस्ता स्तरोन्नति गरिएका मोडल यस योजना अन्तर्गत समावेश गरी वितरण गरिनेछ । इन्टी लेभल बाहेकका सवै मोडलहरुमा थ्रिजी प्रविधि उपलब्ध हुनेछ र सम्पूर्ण मोडेलमा इन्टरनेट चलाउन सकिने आईएमएसको भनाई छ ।

easy care

प्रकाशित: १८ श्रावण २०७१, आईतवार