नफुट्ने तथा पानी नपस्ने मोबाइल नेपाली बजारमा

Technology Khabar १८ श्रावण २०७१, आईतवार

नफुट्ने तथा पानी नपस्ने मोबाइल नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, ७ साउन । पानी नपस्ने, ढुंगामाखस्दा नफुट्ने, हिलो वा धूलोले केही नहुने साथै किलाठोक्न मिल्ने मोबाइल नेपाली बजारमा आएको छ । जर्मन ब्राण्डको चीनमा निर्मित रग गियरनामको मोबाइल नेपाल ग्यालेक्सी टेक्नोलोजीज प्रालिले नेपालमाभित्र्याएको हो ।

कम्पनिले पत्रकार सम्मेलनगरी हाल नेपालीबजारमा रक गियरको आरजी १२८ र आरजी ९७० एपेक्स दुइवटा मोबाइल उपलब्ध रहेको जानकारी दिएको छ, ।आरजी मोडलमा ब्लुटुथ, एफएमरेडियो, जिपिआरएस, क्याल्कुलेटर तथा ०.३ मेगापिक्सेलको क्यामरा छ । कम्पनीका निर्देशक अरुण श्रेष्ठका अनुसार यो मोबाइल १/२ मिटर माथिबाट खस्दा पनि केही हुँदैन र पानीमा खस्दा तैरिन्छ ।यसको बजार मूल्य पाँचहजार नौ सय उनान्सय रुपैयाँ तोकिएको छ ।

यसैगरी आरजी ९७० एपेक्स स्मार्टफोनहो । एन्ड्रोइड अपरेटिङ सिस्टम भएको यो मोबाइलले ओखर फुटाउन वा भित्तामाकिला ठोक्न सकिने श्रेष्ठले दाबी गरेका छन् । उनले भने, ‘यो मोडलको फोनलाई २ मिटर माथिबाट कंक्रिटमा खसाउन सकिन्छ । २ मिटर गहिराइको पानीमा डुबाउँदासमेत केही हुदैन ।’

दुईवटा सिम लाग्ने यो मोडलमा पछाडि आठ मेगापिक्सेलको क्यामरा छ भने अगाडिदुई मेगापिक्सेलको छ । लिड फ्ल्यास लाइट भएको यसको बजार मूल्य ४२ हजार नौ सय९९ रुपैयाँ रहेको छ।

यी दुबै मोडलको मोबाइल सेटमा कम्पनीले ब्याट्रीमा ६ महिना र मोबाइलमा एकवर्षको वारेन्टी दिएको छ । र्‍याफ्टिङ, रक क्लाइम्बिङ, ट्रेकिङ, क्यानोइङ, हाइकिङमा जानेहरुको लागि विशेष लक्षित गरेर यी सेट ल्याइएको प्रालिकाअध्यक्ष नरेश कुमार जोशीले बताए । साथै कम्पनीले यी सेट किन्दा स्पेशल चार्जर सित्तैमा दिने जनाएको छ । योस्पेशल चार्जरमा रहेको डाइनामोलाई हातले घुमाएपछि मोबाइल आफैँ चार्ज हुन्छ ।

easy care

प्रकाशित: १८ श्रावण २०७१, आईतवार