कलर्सको के २२ अक्टा स्मार्टफोन

Technology Khabar १८ श्रावण २०७१, आईतवार

कलर्सको के २२ अक्टा स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । कलर्स मोबाइलको पछिल्लो उत्पादन के २२ अक्टा स्मार्टफोन नेपाली बजारमा पनि भित्रिएको छ । कलर्स मोबाइलका लागि नेपालको अधिकृत विक्रेता टेलीटक प्राइभेट लिमिटेडले के २२ अक्टा स्थानीय बजारमा भित्र्याएको हो । यी मोबाइल सेट नेपाली उपभोक्ताले जुन १ देखिमात्रै खरिद गर्न पाउने छन् । यी सेटको स्थानीय बजार मूल्य ३० हजार रुपैयाँ भन्दा तल नै हुने कम्पनीले जनाएको छ ।

उक्त सेटमा अक्टाकोरको १. ७ प्रोसेसर २ जिबि र्याम, १६ जिबिको आन्तरिक  मेमोरी र १३ मेगापिक्सेल क्यामेरा लगायतका सुविधा रहेको छ । ५ इन्चको स्क्रिन रहेको के २२ अक्टाफोनमा गोलिल्ला डिस्प्ले प्रयोग गरिएको कम्पनिले जानकारी दिएको छ ।

कम्पनिले के २२ स्मार्टफोन पुरानो मोबाईलसँग साटने साथै इएमआईमा खरिद गर्न सकिने सुविधा पनि प्रदान गरिने जनाएको छ ।

Sajilo Visa

प्रकाशित: १८ श्रावण २०७१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार