Technology Khabar १८ श्रावण २०७१, आईतवार
काठमाडौं ।
काठमाडौँ, १८ साउन । मोबाइल कम्पनि माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ दुईवटा मोडलहरु Micromax X081 र Micromax X082 बजारमा उपलब्ध गराएको छ ।
Micromax X081 मा वायरलेस एफ्.एम्.का साथै विविधता भएको मल्टीमिडियाका प्रोग्रामहरु रहेका छन् भने जिपिआरएस सेवा पनि उपलब्ध रहेको कम्पनिले जनाएको छ ।Micromax X081 मा माइक्रोम्याक्सको विशेष प्रोग्राम M! Zone पनि राखिएको छ, जसबाट ग्राहकहरुले धेरैवटा गेम, तथा मल्टीमिडियाका प्रोग्रामहरु प्रयोग गर्न पाउने बताईएको छ । यसमा डिजिटल क्यामरा ब्लूटूथका साथै दुई सीमको सुविधा रहेको छ । उक्त मोबाईल सेटमा नयाँ स्मार्टफोनहरुको जस्तै माइक्रो एसडी मेमोरी कार्ड प्रयोग गर्न सकिने र यसमा १७५० mAh को ब्याट्री प्रयोग हुने कम्पनिको भनाई छ ।
यसका साथै माइक्रोम्याक्सले अर्को नयाँ फोन Micromax X082 पनि बजारमा ल्याएको छ । Micromax X082 मा वायरलेस एफ्.एम्. र आधुनिक मल्टीमिडियाका प्रोग्रामहरु राखिएका छन् साथै यसमा भएको जिपिआरएस र ब्लूटूथ र डिजिटल क्यामरा रहेको छ । यसमा पनि दुई सीम, माइक्रो एसडी मेमोरी कार्ड प्रयोग गर्न सकिने र विशेष प्रोग्राम M! Zone राखिएको कम्पनिको भनाई छ । उक्त फोनमा ९००mAh को ब्याट्री रहेको छ ।
प्रकाशित: १८ श्रावण २०७१, आईतवार