ईस्क्यानको यूनिभर्सल सेक्यूरिटी सूइट सार्वजनिक

Technology Khabar १८ श्रावण २०७१, आईतवार

ईस्क्यानको यूनिभर्सल सेक्यूरिटी सूइट सार्वजनिक

काठमाडौं ।

काठमाडौं, १८ साउन । फिनिक्स ट्रेडिङले नेपालमा ईस्क्यानको यूनिभर्सल सेक्यूरिटी सूइट (एण्टिवायरस) सार्वजनिक गरेको छ । फिनिक्सले भारतको एण्टिवायरस र कण्टेण्ट सेक्युरिटी सोलुशन प्रदायक माइक्रोवल्र्ड टेक्नोलोजिजको सहकार्यमा उक्त यूनिभर्सल सेक्यूरिटी सूइट (एण्टिवायरस) नेपालमा उपलब्ध गराएको हो । शुक्रवार एक कार्यक्रमका बिच उक्त यूनिभर्सल सेक्यूरिटी सूइट सार्वजनिक गर्यो ।

एण्टिवायरस विण्डोज, म्याकिण्टोस, एण्ड्रोइड, लिनक्स लगायत प्ल्याटफर्ममा आधारित पीसी (पर्सनल कम्प्युटर), ल्यापटप, ट्याब्लेट आदिमा सजिलै प्रयोग गर्न सकिन्छ । ईस्क्यानका निर्माता माइक्रोवल्र्ड टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक गोविन्द राममुर्थीले एकै ‘लाइसेन्स की’को प्रयोग गरी विभिन्न उपकरणलाई सुरक्षा प्रदान सकिने विशेषता रहेको बताए । ग्राहकको ईच्छा अनुसार पाइरेटेड सफ्टवेयरलाई समेत सपोर्ट गर्न सक्ने गरि यसको निर्माण गरिएको कम्पनिले जनाएकोछ ।

उक्त सफ्टवेयरले डाटा चोरी हुने समस्या तथा स्प्याम मेलबाट समेत छुटकारा दिने फिनिक्स ट्रेडिङका प्रबन्ध निर्देशक राहुल श्रेष्ठले बताए । सार्वजनिक गरिएको सफ्टवेयरले एण्टिवायरसको कामका साथै एण्ड्रोइड उपकरण हराएमा ट्रयाकिङ (खोजी गर्ने) सुविधा समेत उपलब्ध गराउने बताईएकोछ । एक एक घण्टाको अन्तरालमा अपडेट समेत उपलब्ध हुने यो प्रभावकारी सफ्टवेयरको बजार मुल्य १ हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने उपभोक्ताले एक बर्ष सम्मको सेवा पाउँछन् ।

Sajilo Visa

प्रकाशित: १८ श्रावण २०७१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार