शिक्षामा ८६ अर्ब तीन करोड

Technology Khabar ३० असार २०७१, सोमबार

शिक्षामा ८६ अर्ब तीन करोड

काठमाडौं ।

बजेट प्रस्तुत गर्दै उहाँले जीवनोपयोगी शिक्षाका लागि पहुँच विस्तार गर्ने गरी शिक्षा ऐनमा सशोधन गरिने जनाए। उनका अनुसार सबैका लागि शिक्षा कार्यक्रमअन्तर्गत आगामी वर्षमा शिक्षालाई उच्च प्राथमिकता दिएको जानकारी गराउँदै उहाँले साधारण शिक्षालाई क्रमशः प्राविधिक शिक्षा र व्यावसायिक शिक्षाका रुपमा विकास गरिनेछ।
साक्षर नेपाल अभियानलाई सफल बनाउन आगामी वर्ष निरक्षरता उन्मूलन वर्षका रुपमा मनाइने र त्यसका लागि रु ३९ करोड विनियोजन गरिएको छ। बजेटमा उल्लेख भएअनुसार विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन कम विद्यार्थी सङ्ख्या भएका र कम दुरीमा भएका विद्यालयलाई एक अर्कामा गाभिने लक्ष्यअनुसार आगामी आर्थिक वर्षमा कम्तीमा दुई सय विद्यालयलाई गाभिने योजना राखिएको छ।
विद्यालयहरूलाई निजी तथा सरकारी साझेदारीमा सञ्चालन गर्ने अवधारणा अगाडि बढाइने र उपलब्ध पूर्वाधार र स्रोतमा नै साझेदारीमा विद्यालय सञ्चालन गरेमा सामुदायिक विद्यालयले पाएसरह सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
विद्यालय शिक्षाको प्रभावकारिताका लागि एक विद्यालय एक पुस्तकालय, एक विद्यालय एक विज्ञान प्रयोगशाला जस्ता कार्यक्रम ल्याउने बजेटमा छ।बजेट प्रस्तुत गर्दै उहाँले जीवनोपयोगी शिक्षाका लागि पहुँच विस्तार गर्ने गरी शिक्षा ऐनमा सशोधन गरिने जनाए। उनका अनुसार सबैका लागि शिक्षा कार्यक्रमअन्तर्गत आगामी वर्षमा शिक्षालाई उच्च प्राथमिकता दिएको जानकारी गराउँदै उहाँले साधारण शिक्षालाई क्रमशः प्राविधिक शिक्षा र व्यावसायिक शिक्षाका रुपमा विकास गरिनेछ।
साक्षर नेपाल अभियानलाई सफल बनाउन आगामी वर्ष निरक्षरता उन्मूलन वर्षका रुपमा मनाइने र त्यसका लागि रु ३९ करोड विनियोजन गरिएको छ। बजेटमा उल्लेख भएअनुसार विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन कम विद्यार्थी सङ्ख्या भएका र कम दुरीमा भएका विद्यालयलाई एक अर्कामा गाभिने लक्ष्यअनुसार आगामी आर्थिक वर्षमा कम्तीमा दुई सय विद्यालयलाई गाभिने योजना राखिएको छ।
विद्यालयहरूलाई निजी तथा सरकारी साझेदारीमा सञ्चालन गर्ने अवधारणा अगाडि बढाइने र उपलब्ध पूर्वाधार र स्रोतमा नै साझेदारीमा विद्यालय सञ्चालन गरेमा सामुदायिक विद्यालयले पाएसरह सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
विद्यालय शिक्षाको प्रभावकारिताका लागि एक विद्यालय एक पुस्तकालय, एक विद्यालय एक विज्ञान प्रयोगशाला जस्ता कार्यक्रम ल्याउने बजेटमा छ।

easy care

प्रकाशित: ३० असार २०७१, सोमबार