‘भोलि’ कविता अब गीत

Technology Khabar २९ असार २०७१, आईतवार

‘भोलि’ कविता अब गीत

काठमाडौं ।

बीबीसी मिडिया एक्सनले सन् २०१३ मा गरेको कविता कन्सर्ट नामक कार्यक्रमको सिलसिलामा नेपाली कविताहरूलाई थापाले गीतको रूप दिएका थिए। त्यसबेला भानुभक्तको यो कवितासँगसँगै भुपि शेरचनको ‘मेरो चोक’ कवितामा पनि उनले संगीत भरेर ‘कविता कन्सर्ट’मा प्रस्तुत गरेका थिए।
शिल्पी थियटरका कलाकारहरूद्वारा अभिनित भिडियो लुनिभा तुलाधरको परिकल्पना र निर्देशनमा तयार भएको हो। भिडियोलाई क्यामेरापर्सन प्रमोद कार्कीले खिचेका छन्। सय वर्षभन्दा अघि लेखिएको कविता नेपालको सन्दर्भमा अहिले पनि सान्दर्भिक भएका कारण गीतको रूप दिएर छायांकन गरिएको गायक थापाले बताए।
उनले यसअघि सन् २०१० को अन्त्यमा ‘शिरीष’ नामक एल्बम पनि बजारमा ल्याइसकेका छन्। कार्यक्रममा श्रवण मुकारूङ, नवराज लम्साल, योगेश्वर अमात्यले पनि भिडियोको चर्चा गरेका थिए।

Sajilo Visa

प्रकाशित: २९ असार २०७१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार